We are committed to maintaining superior standards in manufacturing and business practices.

लेखनाथ महोत्सवमा नेपाली स्किन ढोकाको स्टल
01 Jan

लेखनाथ महोत्सवमा नेपाली स्किन ढोकाको स्टल

लेखनाथ महोत्सवमा नेपाली स्किन ढोकाको स्टल

ढोकाबारे बुझ्ने ग्राहकको उत्साहजनक सहभागिता लेखनाथ उद्योग वाणिज्य संघ कास्कीको आयोजना पोखरा २७ डाडानाकमा भइरहेको लेखनाथ महोत्सवमा नेपाली स्किन ढोकाको स्टल राखिएको छ । टिम्बर क्राफ्टको आधिकारीक विक्रेता एच पि ट्रेडर्सले सो स्टल मार्फत नेपाली ढोकाबारे जानकारी दिइरहेको छ । २०७८ फागुन २६ देखि २०७८ चैत ७ गते सम्म सञ्चालन हुनेसो मेलामा स्किन डोरबारे जानकारी गराउने तथा बजार विस्तार गर्ने उद्देश्यले स्टल रािखएको एच पि ट्रेडर्सका प्रवन्ध निर्देशक हुमनाथ पोख्रेलले जानकारी दिएका छन् । स्थानीय तथा नेपाली उत्पादनको प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित सो मेलामा आउने अधितम ग्राहकले नेपाली ढोकाबारे जानकारी लिन आएको बताउने गरेको पोख्रेलले जानकारी दिए । उनले भने, ‘यहाँ आउने महानुभावहरु कोहि फेसबुक, वेभासाइट तथा युट्युबमार्फत नेपाली स्किन ढोकाबारे सुनेर आएका हुनुहुन्छ भने, कोहि छिमेकी तथा आफन्तले भनेर बुझ्न आउने हुनुहुन्छ ।

मेलामा ढोका बुकिङ गर्नेको संख्या पनि सन्तोजनक नै रहेको उनले बताए । १० दिनको मेला अवधीमा नेपाली ढोकाको निकै प्रचारप्रसार हुने उनको विशवास छ । मेलामार्पत करित्र ४०० को हाराहारीमा ढोका विक्रि हुने अपेक्षा गरिएको छ । नेपालमा ढोका उत्पादनको पर्याप्त सम्भावना हुँदा हुँदै पनि उपयुक्त लगानी अभाव, दक्ष जनशक्ति अभाव र सरकारी वेवास्ताका कारण पनि ढोका उद्योग फस्टाउन सकेको छैन् । अमेरिकी प्रविधीको प्रयोग गरेर टिम्बर क्राफ्टले ढोका उत्पादन गरिरहेको छ ।